सुर्खेत, १९ कात्तिक (जागरण) । तिहारको चौथो दिन आज गाईगोरु पुजा गरिन्छ । तिहारको यमपञ्चक अन्र्तगत पर्ने चौथो आजको दिनलाई हली तिहार अर्थात गोरु पूजा पनि भनिन्छ ।
नेपाल कृषी प्रधान देश भएको र यहाँ कृषीको आधुनिकिकरण पनि भैनसकेकोले वालीनाली लगाउनकालागि खेत जोत्न र कृषी सामग्री ओसारपासर गर्न गोरुले बिशेष सहयोग गर्ने गर्छ । यसैले कृषकहरुले बर्ष एकचोटी मानव जीवनमा सहयोग पुरयाएर सृष्टिलाई सहयोग गरेको भन्दै गोरु पूजा गर्ने गरिएको हो । आजको दिन गोरुलाई सफा गरेर पूजा गरि मीठो खानेकुरा टन्न खान दिने गरिन्छ
यसैगरि गोरु पूजाकै दिन गाईपनि पूजा गर्ने चलन छ । औंसीको दिनलाई गाईतिहार भनिएपनि सरसफाईपछि दिपावली गरेर लक्ष्मीको पूजा गर्ने गरिन्छ ।
यसैले गाईको पूजा हलीतिहारका दिन गोरुसँगै गर्नेगरिएको छ । गाईले दुध दिएर मानवलाई सहयोग गरेको र हिन्दु धर्मममा गाईलाई लक्ष्मी देवीको अवतार पनि मान्ने भएकोले. बिशेष श्राद्धसँग पूजाआजा गर्ने गरिन्छ । गाउँघरमा तिहारको रौनकता पनि बढेको छ ।