ठाँटी बजार व्यवस्थापन समितिकाे अध्यक्षमा जिसी, मेलाको अवसरमा भलिबल प्रतियोगिता हुने

जागरण ।
सुर्खेत, २२ कात्तिक ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको प्रमुख बजारका रुपमा रहेको ठाँटी बजार व्यवस्थापन समितिको अध्यक्षमा महेश जिसी चयन हुनुभएको छ ।
बजार व्यवस्थान समितिको आइतबार सम्पन्न भेलाले जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सर्वजित चन्द, सचीवमा टोप बहादुर खाण, कोषाध्यक्षमा नरेन्द्र बिसी र सह–सचिवमा बालकृष्ण रोकाय रहेका छन् । दुर्गा प्रसाद शर्मा,भुपेन्द्र चन्द,गोपाल बहादुर जिसी, प्रेम बहादुर राना,वीर बहादुर खाण,जानकी राना, मुना जिसी र पदम बहादुर जिसी समितिको सदस्य रहेका छन् ।
यस्तै समितिको साेमबार बसेको बैठकले आउँदो मंसिर ३ गते लाग्ने ठाँटी मेलालाई व्यवस्थित रुपले सञ्चालन गर्ने निर्णय गरेको छ । चिङ्गाड गाउपालिका अध्यक्ष देव बहादुर चन्दको प्रमुख आतिथ्यता, वडा न. ३ का अध्यक्ष रेशम बहादुर जिसीको विषेश आतिथ्यता, सल्लाहकार समिती संयोजक डोर प्रसाद शर्मा, सदस्य नरसिंह जिसी र पुर्व अध्यक्ष पदाधिकारी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मेलाको भोली पल्ट मंसिर ४ देखि ६ गतेसम्म अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता सन्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ । प्रतियोगितामा प्रथम पुरुस्कार रु ८० हजार, द्वितीय पुरुस्कार रु ५० हजार र तृतीय पुरुस्कार रु ३० हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र दिने पनि बैठकले निर्णय गरेको छ । साथै उत्कृष्ट बिधाहरुमा पनि पुरुस्कारको व्यवस्था गरिने भएको छ ।
यसअघि पनि मेलाको अवसरमा भलिवल प्रतियोगिता आयोजना हुँदै आएकोमा विगत दुई बर्ष कोरोना जोखिमका कारण स्थगित भएको थियो । परापूर्वकालदेखि लाग्दै आएको ठाँटी मेलामा परम्परागत सांस्कृती झल्किने लहरे खेल, पञ्चेबाजा, गर्रा, सिंगारु, देउडा लगायत पनि प्रस्तुत हुने गर्दछन् । मेलामा सुर्खेतसहित दैलेख, जाजरकोट लगायत विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेका छन् ।