सुर्खेत, ४ असार (जागरण) । कर्णाली सरकारले शुक्रबार २८ अर्व बढीको बजेट सार्वजनिक गरेको छ । निकै नै महत्वाकांक्षी योजनालाई समेटेर बजेट विनियोजन कर्णालीले गरेको छ । बजेट सार्वजनिक भएलगत्तै जनस्तरमा विभिन्न खाले टिका टिप्पणी हुन थालेका छन् । यसै विषयलाई समेटेर सहकर्मी चाँदनी कठायतले तयार पारेको एक रिपोर्ट ।
रिपोर्ट
सुन्दा निकै लोकप्रिय लाग्ने खालका नारासहित कर्णाली सरकारले हिजो बजेट सार्वजनिक गरेको छ । कुनै समय लोकप्रिय मानिएको आफ्नो गाउँ आफै बनाउँ भन्ने नारालाई फेरि संचालन गर्नेदेखि छोरी बुहारी छात्रवृत्ति समेत शुरु गर्ने योजना सरकारसँग छ । सरकारले हिजो ल्याएको बजेटका बारेमा विभिन्न टिका टिप्पणी शुरु भएका छन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटप्रति निजी क्षेत्र सन्तुष्ट देखिएको छैन । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही
आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि ल्याएको बजेट कार्यान्वयन गर्न नसकेको सरकारप्रति यसपटक पनि यही आशंका सरोकारवालाको छ । अब भने बजेट कार्यान्वयनतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित हुनुुपर्ने अध्यक्ष शाहीको सुझाव छ ।
कर्णाली राजमार्गलाई दुई लेन बनाउने, सुर्खेतदेखि वर्दिया सुरुङमार्ग निर्माण, भेरी करिडोरको स्तरोन्नती, बाँकेको जमुनाहदेखी हुम्लाको हिल्सा जोड्ने प्रधानमन्त्री अन्तर्राष्ट्रिय मार्ग, दैलेखमा पेट्रोलियम उत्खनन् र एयर एम्बुलेन्स संचालन लगायत ३२ वटा योजनाका लागि २० अर्ब बजेट विनियोजन गरिएको छ । सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक डाक्टर दीपक गौतम बजेट एकतर्फबाट सन्तोषजनक नै भएपनि अँझै धेरै योजनाहरु छुटेको बताउनुहुन्छ।
हरेक पटक बजेट छुट्टिने तर कार्यान्वयन भने कत्तिपनि नहुँदा नागरिक यसपटक पनि शसंकित छन् । महत्वाकांक्षी योजना सार्वजनिक गर्ने मात्रै नभई काम पनि सोही अनुसार गर्नुपर्ने नागरिकको सुझाव छ । वीरेन्द्रनगरका स्थानीय शीव उपाध्याय ।
आगामी आर्थिक वर्षभित्र ६ हजार यूवालाई सीप सिकाएर रोजगार बनाउने योजना सहित सरकारले हिजो २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको हो । योजना सुन्दा समृद्ध कर्णाली बन्नेमा दुई मत छैन । अब योजना बनाउने भन्दा पनि बनेका योजनालाई कार्यान्वयन गर्ने तर्फ चासो जान जरुरी छ ।