जागरण
सुर्खेत, २३ कात्तिक ।
मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्कता अपनाउनु पर्ने बताउनुभएको हो । उहाँले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियससम्म पुगेको जानकारी दिनुभयो ।
कात्तिक महिनामा नै यत्ति चिसो बढ्दै जानुले आगामी दिनमा चिसो कति बढ्दै जान्छ भनेर अहिले नै भन्न नसकिने उहाँको भनाइ छ । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने सुझाव दिनुभएको छ ।
लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने यस्तो प्रदूषण हुने उहाँको भनाइ छ । वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै अनावश्यक घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउन सुझाव दिनुभएको छ ।