जागरण
सुर्खेत, २२ कात्तिक ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे सोमबार बसेकाे मन्त्रिस्तरीय बैठकले कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ व.मी क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएकाे हो ।
सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले जनाएकाे छ । परिषदकाे कर्णाली प्रदेश कार्यालयले यसअघि नै प्रक्रिया पूरा गरी स्वीकृतीका लागि विभाग हुँदै मन्त्रालयमा फाइल पेश गरेकाे थियाे । कार्यालयका सूचना अधिकारी शिव राेकायका अनुसार चालु आर्थिक बर्षमै भवन निर्माणका लागि पनि बजेट माग गरिएकाे थियाे । तर जग्गा प्राप्ति भइनसकेकाले बजेट बिनियाेजन भने भएकाे छैन । ‘हामीले जग्गा प्राप्तिकाे फाइलसंगै चालु आर्थिक बर्षमै भवनका लागि बजेट पनि माग गरेका थियाैँ तर जग्गा प्राप्तिमा समय लागेकाले बजेट आएन’ सूचना अधिकारी राेकायले जागरणसंग भन्नुभयाे, ‘अब जग्गा प्राप्ति भएकाले आउदाे आर्थिक बर्षमा भवन निमार्णका लागि बजेट आउछ हाेला ।’