मुगुमा एनसीईको समन्वय समिति गठन

मुगु, २७ कात्तिक (जागरण) ।
मुगुमा शिक्षाका लागि राष्ट्रिय अभियान एनसीइको जिल्ला समन्वय समिति गठन गरिएको छ ।
आज एक कार्यक्रमका बीच वासु रावतको संयोजकत्वमा समन्वय समिति गठन गरिएको हो । समितिको सचिवमा टेकबहादुर शाही र कोषाध्यक्षमा इन्दीरा जैशी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा पंकज रावत, राजबहादुर शाही, टाङछिरीङ शेर्पा र टीकाराम ढुँगाना रहनुभएको छ । एनसीई नेपालका केन्द्रीय कोषाध्यक्ष टीकारामा आचार्यको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेश संयोजक तुलाराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमबाट मुगुमा समन्वय समिति गठन गरिएको हो । कार्यक्रममा जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघ संगठनहरुको सहभागिता रहेको थियो ।