काठमाण्डौँ, २६ फागुन (जागरण) । विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग पराजय व्यहोरेको छ । नेपालले ६ विकेटले पराजय व्यहोरेको हो ।
जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।
१ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३८ दशमलव ४ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।
आजको हारपछि नेपालको सुपर सिक्समा जाने सम्भावना निकै कठिन बनेको छ । हङकङसँग एक खेल खेल्न बाँकी रहेको नेपालले हङकङलाई भारी अन्तरले हराउन सके मात्र सुपर सिक्समा पुग्नेछ । यदि हङकङले नेपाललाई जितेमा हङकङ नै सुपर सिक्समा जानेछ भने नेपालले झिनो अन्तरमा हराएमा अफगानिस्तान सुपर सिक्समा जानेछ ।
टस जितेर ब्याटिङ गरेकाे नेपालकाे ब्याटिङ समस्या अाज पनि देखियाे । एजेन्सीहरुको सहयोगमा ।