सुर्खेत, २ मंसिर (जागरण )।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुर्खेतमा हिजो (बुधबार) देखि जारी पालिका अधिवेशनमा संस्थापन पक्षले कब्जा जमाएको छ ।
जिल्लामा ९ मध्य बुधबार निर्वाचन सम्पन्न भएका ६ वटा पालिकामा संस्थापन पक्ष (शेरबहादुर देउवा) समूहका उम्मेदवार निर्वाचित भएका हुन् । गुर्भाकोट नगरपालिकामा हस्त पुन, भेरीगंगा नगरपालिकामा उमेश पौडेल, चिंगाड गाउँपालिकामा डोरप्रसाद शर्मा बराहताल गाउँपालिकामा भीम भण्डारी र सिम्ता गाउँपालिकाको सभापतिमा वीरेन्द्र रावत निर्वाचित भएका छन् । वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकामा मदतान भैरहेको छ भने पञ्चपुरी नगरपालिका केही बेरमा मतदान सुरु हुँदैछ । वीरेन्द्रनगर नगरपालिकामा संस्थापनबाट उपेन्द्र खड्का पञ्चुपुरीमा कृपाराम थापा र चौकुनेमा सन्तोष खनाल तथा रामचन्द्र पौडेल समूहबाट नारायण कोइराला, थानी प्रसाद घिमिरे र नरबहादुर पान्तोला सभापतीका उमेद्वार छन् । यसअघि भएका वडा अधिवेशन र प्रतिनिधि छनौटका आधारमा बाँकी रहेका तीन पालिकामा पनि आफ्ना उमेद्वारले जित्ने संस्थापन पक्षको दाबि छ ।