सुर्खेत, ४ मंसिर (जागरण) ।
सुर्खेतकाे चिङ्गाड गाउपालिका स्थित ठाँटीमा बृहत् अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियाेगिता आजदेखि सुरू भएकाे छ ।
कात्तिक पूर्णिमाकाे दिन हरेक बर्ष लाग्ने ठाँटी मेलाकाे अवसरमा हरेक बर्षजस्तै यश बर्ष पनि प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे । ठाँटी बजार व्यवस्थापन समितिले आयाेजना गरेकाे साे प्रतियाेगिताकाे गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्दले उद्घाटन गर्नुभएकाे छ । दस टिमकाे सहभागिता रहेकाे प्रतियाेगितामा नक कम लिक आउटका आधारमा खेलाईने रेफ्री अमर चन्दले जानकारी दिनुभयाे । प्रतियाेगितामा प्रथम पुरस्कार ८० हजार, द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ३० हजार रहेकाे आयाेजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसी जानकारी दिनुभयाे । प्रतियाेगिता ६ गतेसम्म चल्नेछ।
प्रतियाेगिताकाे पहिलाे दिन ४ वटा खेल भएका छन्। मटेला ब्वाइजले बिचार आदर्श क्लबलाई पराजित गरेकाे छ । यस्तै दाेस्राे खेलमा आयाेजक चिङ्गाड गाउपालिकाले शिवालय गाउँपालिकालाई पराजित गर्याे । भगवतीमाई युवा क्लब र वीरेन्द्रनगरबी भएकाे खेलमा वीरेन्द्रनगरले जितेकाे छ भने सिम्ता गाउँपालिकालाई लेकवेशी नगरपालिकाले हराएकाे छ ।