सुर्खेत, ६ मंसिर (जागरण) । कोरोना महामारीको असर निम्न वर्गमा परेको भन्दै सरकारले नीतिगत योजना ल्याउनुपर्ने कर्णालीका सरोकारवालाहरुले सुझाव दिएका छन ।
मानव अधिकार एलाइन्स कर्णाली प्रदेश र समाज जागरण केन्द्र स्याक नेपालको संयुक्त आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा गरिएको कोभिड १९ ले खाद्य सुरक्षा, शिक्षा तथा आनौपचारिक क्षेत्रमा पारेको प्रभाव र नीतिगत वहसका लागि सरोकारवालाहरुको भुमीका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
उनिहरुले सरकारले सबैभन्दा प्रभावित भएका यी तिन क्षेत्रलाई माथी उठाउन नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन ।
उनिहरुले कोरोनाको असर मनोवैज्ञानीक रुपमा बालबालिकाहरुलाई परेको बताउँदै परामर्शहरु तथा काउन्सिलिलका कार्यक्रम समेत हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी भएका केही अविभावकहरुले कोरोनाले काम गर्न नपाउँदा आफ्ना बालबालिका विद्यालय जान नपाएको समेत गुनासो गरेका छन ।
वीरेन्द्रनगर नगरपालिका १२ की निर्मला नेपालीले लकडाउनको समयमा गरेको ठाउँमा पनि ज्याला नपाउँदा कसरी पठपाठन गराउने अहिले चिन्ता थपिएको गुनासो गर्नुभयो ।
उहाले सरकारी विद्यालयमा समेत शुल्क लिने गरिएको भन्दै संविधानअनुसार आफ्ना बच्चाहरुले निशुल्क पढ्न पाउनु्पर्ने माग गर्नुभयो ।
सुर्खेत वीरेन्द्रनगर ११ की रुवी गन्दर्भले बाटो नहुँदा बालबालिकाहरु विद्यालय जान छोडेको बताउनुभयो ।
उहाले बिहान साँझ खाना नै खुवाउन समस्या भएको बताउँदै खाना नै नपाउने आफुहरुका बालबालिकाको शिक्षाको अवस्था कस्तो होला ? पिडा सुनाउनुभयो ।
अमरज्योती माध्यमीक विद्यालयका शिक्षक भुपेन्द्र विसीले खद्य सुरक्षाको चपेट्टामा परेका विद्यार्थीहरु विद्यालय जान नसकेको बताउनुभयो ।
श्री कृष्ण सांस्कृतिक मावी इत्राम सुर्खेतका प्रधानाध्यापक यामलाल घिमिरेले अनलाइन कक्षा त्यती प्रभावकारी नभएको अनुभव सुनाउनुभयो ।
कोभिड महामारीमा विद्यालय शिक्षामा पारेको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गर्दै स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले कोरोना माहामारीले नेपालका ८० लाख भन्दा बढि बालबालिकाको सिकाईमा प्रभाव पारेको बताउनुभयो ।
उहाले ८ प्रतिशत बालबालिका विरुद्धका हिंसाका घटना भएको र कर्णाली प्रदेश सरकारले शिक्षामासबैभन्दा कम बजेट विनियोजन गर्ने गरेको बताउनुभयो ।
कोभिडले खाद्य सुरक्षा र श्रमिकमा पारेको प्रभाव विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सांसदहरु सोशिला शाही र मिनासिङ रखालले कोभिडले पारेको असर कम गर्न आफुहरुले संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन ।