ठाँटीमा भएकाे अन्तर पालिकास्तरीय भलिवलकाे उपाधी लेकवेशीलाई

सुर्खेत ६ मंसिर (जागरण) ।
सुर्खेतको चिङ्गाडस्थित ठाँटीमा भएको अन्तर पालिका स्तरीय पूरुष भलिवल प्रतियोगिताको उपाधी लेकवेशी नगरपालिकाले जितेको छ ।
प्रतियोगिताको अन्तिम दिन आज भएको फाइनल खेलमा अवलचिङ्गलाई हराउँदै लेकवेशी नगरपालिकाको टोलीले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा अवलचिङ्ग द्धितीय, र बिरेन्द्रनगर नगरपालिकाको टोली तृतीय स्थान ल्यान सफल भएका छन् । यस्तै विभिन्न बिधाहरुमा उत्कृष्ट उत्कृष्ट खेलाडी ललित बिक, उत्कृष्ट स्पाइकर प्रकाश बिक, उत्कृष्ट लिफ्टर मिलन राना, उत्कृष्ट ब्लकर शैलेन्द्र शाही, उत्कृष्ट सर्भर निराजन ढकाल, उत्कृष्ट कोच हेमन्त मल्ल, उत्कृष्ट लिब्रो बिरेन्द्र रानाले पाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ३० हजार प्राप्त गरेका छन् । ठाँटी मेलाको हरेक बर्ष जस्तै यस बर्षपनि भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । आउदो बर्ष थप आकर्षणसहित प्रतियोगिताको आयोजना गरिने आयोजक ठाँटी मेला व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले उद्घोष गरेका छन् ।