सुर्खेत वीरेन्द्रनगर नगरपालिका र वराहाताल गाउँपालिकाका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक वृत्ति वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको प्राविधिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा संचालित किशोरकिशोरी र युवा सशक्तिकरण परियोजनामार्फत वीरेन्द्रनगर र बराहताल गाउँपालिका का ४ ओटा विद्यालयमा ९ देखि १२ सम्म अध्यन गर्ने ३५ जना बालबालिकालाई शैक्षिक वृत्ति सहयोग वितरण गरिएको हो ।
परियोजना लागु भएका वीरेनद्रनगर नगरपालिका अन्तरर्गत श्री कृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालय, जन सेवा माध्यामिक विद्यालय घुस्रा र बराहताल गाउँपालिकाको भेरी माध्यामिक विद्यालय तरंगा र सरस्वती माध्यामिक विद्यालय चेपाङ्मा कक्षा ९ देखि १२ सम्म अध्यनरत विद्यार्थीलाई उक्त शैक्षिक बृति सहयोग वितरण गरिएको जनाइएको छ ।
विशेष गरी आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय निरन्तरता दिन नसकेका तथा शैक्षिक आवश्यक्ता पुरा गर्न नसेकेका बालबालिकाहरु मध्यबाट छनौट सहयोग प्रदान गरिएको परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
कार्यक्रम बाट सहयोग प्राप्त गर्ने बालवालिकाले सहयोग पश्चात उनीहरुको विद्यालयमा निरन्तरतामा वृद्धि हुने तथा शैक्षिका विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विद्यार्थीको अभिभावक, विद्यालय र स्थानियर सरकारको उपस्थितिमा उक्त शैक्षिक सहयोग वितरण गरिएको थियो साथै सहयोग प्राप्त वालवालिकाको अभिभावकलाई प्राप्त सहयोगको दुरुपयोग नहोस र आफ्ना वालवालिकाको शैक्षिक विकासमा अभिभावकोे भुमिका महत्वपुर्ण होस भनि अभिभाववको प्रतिवद्धता पत्र समेत गराईएको छ ।
शैक्षिक सहयोग प्राप्त वालवालिकाहरुले पनि नियमित विद्यालय, आउने, वाल विवाह नगर्ने, विद्यालयको अतिरिक्त कार्यक्रममा सहभाागी हुने, शिक्षक अभिभावकालाई सम्मान गर्ने र आफ्नो पढाईमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यार्थीको पढाईलाई निरन्तरता दिनको लागि कार्यक्रमले विद्यालयको समन्वयमा विभिन्न मापदण्डा निर्धारण गरी वास्तविक समस्या रहेका विद्यार्थीलाई सहयोग गरेकोमा विद्यालयहरुलाई सेभ द चिल्डे«ेन र समाज जागरण केन्द्र(स्याक) नेपाललाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै स्थानिय सरकारले पनि आगामी बर्षमा कार्यक्रमसंग समन्वय गरी शैक्षिक सहयोग वितरणमा साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका र बराहतालगाउँपालिकाको ८ ओटा विद्यालय कार्यक्रमको लागि छनौट भएतापनि हाल ४ ओटा विद्यालयका बालबालिकालाई शैक्षिक वृति प्रदान गरिएको र वाँकी ४ विद्यालयका ३५ जना बालबालिकालाई अर्को महिना शैक्षिक सहयोग प्रदान गरिने संयोजक सोनामले जानकारी दिनुभयो ।
शैक्षिक बृति सहयोग अन्तरर्गत प्रति विद्यार्थी नगद १२ हजारका दरले ४ लाख २० हजार रकम वितरण गरिएको छ ।