वीरेन्द्रनगर १ का युवाहरुलाई ड्राइभिङ तालिम

सुर्खेत, ७ मंसिर ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ का २२ जना युवाहरुलाई ड्राइभिङ तालिम दिएको छ ।

वडा भित्रका वेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्यले युवाहरुलाई ड्राइभिङ तालिम दिइएको हो । तालिमका लागि नगरपालिकाको आर्थिक सहयोग रहेको छ । तालिम एक महिनासम्म चल्नेछ । तालिमको मंगलबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले उद्घाटन गर्नुभएको हो । युवाहरुलाई रोजगारी सिर्जना गर्नसकिने र युवाहरुको आकर्षण समेत भएकाले ड्राभिङ तालिम सञ्चालन गरिएको  भवडा नं. १ का वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिनुभयो । तालिममा विपन्न र बेरोजगार युवाहरु सहभागी छन् । युवाहरुलाई रोजगार बनाउनका लागि अन्य विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिएको वडाले जनाएको छ ।