वीरेन्द्रनगर १ मा संयुक्त अनुगमन

सुर्खेत, ८ मंसिर (जागरण) ।
वीरेन्द्रनगर नगरपालिका वडा नं.१ मा पूर्ण सरसफाई उन्मुख टोल नमूना समुदाय निर्माण अभियान अन्तर्गत वडाका टोलहरुको अनुगमन गरिएको छ ।
एकता, प्रगतिशिल र लालिगुराँस टोलको मंगलबार संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा कुहिने र नकुहिने फोहोर छुट्याएर राख्ने गरेको, पिउने पानीका लागि फिल्टरको प्रयोग गरेको, चर्पीको सरसफाइगरी प्रयोग गर्ने गरेको पाइएको छ । साथै विशेषगरी बजार क्षेत्रमा नालामा फोहोर फाल्ने र न्यून आयस्तर भएका घर परिवारले शुद्ध पिउने पानीको व्यवस्था नभएको र नियमित सरसफाइमा ध्यान नदिएको पाइएको अनुगमन टोलीले औँल्याएको छ । टोलीले आगामी दिनमा सुधारगरी नमूना समुदाय बनाउनका लागि
अनुगमनमा वडाअध्यक्ष, सदस्यहरु, नगरपालिकाका प्रतिनिधि, बजार व्यवस्थापन समिति, टोलविकास समिति, सामुदायिक वन समितिका सदस्य, सुन्दर नेपाल संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । साथै अनुगमनका क्रममा माइकिङगरी सरसफाइसम्बन्धी जनचेतना समेत फैलाइएको थियो । अभियानलाई सफल पार्नका लागि नियमित अनुगमन तथा छलफल र सहकार्यबाट नमूना समुदाय निर्माण गरिने वडाध्यक्ष गंगाराम सुनारले बताउनुभयो । अभियान अन्तर्गत वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, महिला स्वास्थ्य स्वंसेविका, टोल विकास समिति, आमा समूह, स्वास्थ्य व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति लगायतलाई अभिमूखीकरण गर्ने तथा नियमित टोल अनुगमन गरिने सुन्दर नेपाल संस्थाका सुपरभाइजर टिकाराम आचार्यले जानकारी दिनुभयो ।