काँग्रेस अधिवेशनः दैलेख र सुर्खेत क्षेत्र नम्बर एकको नतिजा सार्बजनिक, दैलेखमा पौडेल समुह र सुर्खेतमा देउवा समुहको जित

सुर्खेत, ८ मंसिर (जागरण) ।  नेपाली काँग्रेसको प्रतिनिधीसभा निर्वाचन क्षेत्र अधिवेशनअन्तरगत सुर्खेत र दैलेख क्षेत्र नम्बर १ को नतिजा सार्बजनिक भएको छ ।
जस अन्तरगत सुर्खेत क्षेत्र नम्बर १ मा संस्थापन पक्ष देउवा पक्षले जित हात पारेको पार्दा दैलेख क्षेत्र नम्बर १ मा भने पौडेल पक्षले आफ्नो जित सुनिश्चित गरेको छ ।
जस अन्तरगत सुर्खेत क्षेत्र नम्वर १ को सभापतीमा सभापती शेर बहादुर देउवा निकट झक बहादुर डाङ्गी र सचिवमा मोहन राना बिजयी भएका छन ।
सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उहाका प्रतिद्वन्द्वी बल बहादुर वलीले एक सय ३ मत प्राप्त गर्नुभएको छ ।
जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।
क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने सह–सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
प्रत्यक्ष तर्फको महिला सदस्यमा भद्राकुमारी योगी, प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूणर्प्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् ।
खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, पूणर्बहादुर खड्का, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन् ।
साथै, काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका थिए । उनले ७ सय ३६ मत प्राप्त गरि विजय भएका छन् ।
काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भएपनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए ।
यस्तै, दैलेख क्षेत्र नं. १ को सभापति रामचन्द्र पौडेल समुहका दशरथ खड्काको प्यानल विजय भएको छ ।
सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिस्पर्धी नगेन्द्र बहादुर मल्लले ३ सय १० मत प्राप्त गरेका छन ।
क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने र विनोद कुमार गुरुङ्ग निर्वाचित भएका छन् भने सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा कर्ण बहादुर शाही, टेक बहादुर भण्डारी, यूवराज रेग्मी, मान कुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेश बहादुर शाही र डम्बर बहादुर शाही निर्वाचित भएका छन् ।
साथै, क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधीमा मणिराम रेग्मी, गणेश खड्का, कृष्ण कुमार विसी, टेक बहादुर कटुवाल, गणेश उपाध्याय, मिना थापा, उदय न्यौपाने, हरी राना, खगेन्द्र सुनार र कर्ण बहादुर शाही विजय भएका छन् । यीमध्ये मिना थापा संस्थापन पक्ष (देउवा निकट) मानिनुहुन्छ । अन्य सबै पौडेल समुहका हुन ।
महाधिवेशन प्रतिनिधी महिलातर्फ बासना थापा, निर्मला खड्का, मिना खड्का र दिपा विसी निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधी खस आर्यतर्फ पदम बहादुर मल्ल, भक्त बहादुर भण्डारी र भुपेन्द्र शाही विजय भएका छन् भने खस आर्य महिला तर्फ कमला चन्द, डम्मर कुमारी केसी र मञ्जु कुमारी शर्मा पाण्डे निर्वाचित भएका छन् ।
यस्तै, जनजाती तर्फ लक्ष्मण गुरुङ र करिष्मा सिजाली मगर, दलित तर्फ हिक्मत बहादुर विश्वकर्मा र पशुपति सुनार विजय भएका छन् भने अपाङ्गतर्फ गणेश बहादुर बोगटी विजय भएका छन् । क्षेत्र नम्बर २ को मत परिणाम पनि आजै आउने काँग्रेस दैलेखले जनाएको छ ।