सुर्खेत, ८ मंसिर (जागरण) । नेकपा एकिकृत समाजवादी पार्टीले कर्णालीमा प्रदेश सरकारमा तिन मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।
अहिलेको परिस्थिति ल्याउन नेकपा एसको ठुलो भुमीका रहेको भन्दै तिन मन्त्रालय पाउनुपर्ने माग गरेको हो ।
पार्टीका संसदीय दलका नेता एवम भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीले सहमतीअनुसार आफुहरुले तिन मन्त्रालय पाउनुपर्ने कर्णाली रैबारसँग बताउनुभयो ।
उहाले तिनवटा मन्त्रालय आपुहरुले पाउनुपर्ने भन्दै त्यसमा मुख्यमन्त्री र उहाँको दलका साथै नेकपा माओवादी केन्द्र पनि सकरात्मक रहेको उहाले बताउनुभयो ।
मुख्यमन्त्रीको जिम्मेवारी लिएका काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले मुख्यमन्त्री भएको १४ दिनपछि भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी नेकपा एसका शाहीलाई दिनुभएको थियो ।
तर उहाले तिन दलिय सहमतीअनुसार भाबण्डा गर्दा आफु अर्को मन्त्रालयमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयका काम अगाडी बढाउन नसकिएको जानकारी दिनुभयो ।
आफुले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीको भागमा परे युवाहरुलाई कृषिमा आकर्षित गर्न अनुदानका कार्यक्रम ल्याउने र आत्मनिर्भर बनाउने उहाको भनाई छ ।
सुनको हलो दिने सरकारको कार्यक्रमबारे भने उहाले मनग्य आम्दानी गर्ने किसानलाई सरकारले सहयोग गर्ने भनिएको भएपनि गलत प्रचार गरिएको दाबी गर्नुभयो ।
उत्कृष्ट किसानालाई भत्ता दिने सरकारको नीति रहेको र त्यसअनुसार काम हुने उहाले बताउनुभयो ।
कर्णालीमा दलिय भागबण्डा नमिल्दा सरकार गठन भएको एक महिना हुन लाग्दा समेत मन्त्री परिषद विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शाहीले भने मंसिर १४ गते संसदबाट विश्वासको मत लिदै हुनुहुन्छ । त्यसपछि मात्र मन्त्री परिषदले पूर्णता पाउने सत्ता साझेदार दलहरुले बताएका छन ।