सुर्खेत, ९ मंसिर (जागरण) ।
दैलेखको भवतीमाई गाउँपालिकामा लाग्ने बडाउला मेला हेर्न गएका एक युवकको शंकास्पद मृत्यु भएको छ ।
बुधबार राती सानतडामा मेला हेर्न गएका भगवतीमाई वडा नं. २ का २६ बर्षिय बम बहादुर नेपालीको शंकास्पद मृत्यु भएको हो । आज विहान घाइते अवस्थामा भेटिएका नेपालीको उपचारका लागि दैलेख सदरमुकाम ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक नेपाली मेला लाग्ने ठाउँदेखि पाँच सात सय मिटर तल अचेत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरी चौकी वेस्तडामा खबर गरेका थिए ।
मृतकको शव पोष्ट मापटमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पोष्टमाटम र थप अनुसन्धानपछि मात्रै मृत्यु वा हत्या के हो भन्न सकिने प्र.नि. सुनारले बताउनुभयो ।