सुर्खेत, ९ मंसिर (जागरण) ।
जाजारकोटको नलगाड नगरपालिका १२ तल्लुबजारमा रहेको वीरेन्द्र हिमालय माध्यामिक विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर केसीलाई नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विधार्थीले कालोमोसो दलेका छन् ।
विद्यालयमा अनियमितता गरेको आरोप लगाउँदै अखिल (क्रान्तिकारी) जाजरकोटका बिधार्थीहरुले आज प्राधानाध्यापक केसीलाई कालोमोसो दलेका हुन् । विद्यालयको भवन निर्माणमा अनियमितता गरी गुणस्तरहिन काम गरेको अखिल क्रान्तिकारीले आरोप लगाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुई कोठे भवन गुनस्तरहिन सामाग्रीको प्रयोग गरिएको र भवनको कार्य पुरा नभएको, शौचालय निर्माण मापदण्ड अनुसार नभएको, ,फिल्ड निर्माणको २० लाखको काम पाँच लाखमा ठेक्का दिएर १५ लाख हिनामिना गरेको, कक्षा ६ देखि १२ सम्मको विद्यार्थीको लागि विज्ञान सामाग्री खरिदको दश लाख, कर्णाली प्राविधिक विद्यालयबाट प्राप्त १५ लाखको कुनै पनि सामाग्री खरिद नगरी प्रधानध्यपकले व्यक्तिगत घर निर्माण गरेको उनीहरुको आरोप छ ।
यस्तै आईसिटी वापत प्राप्त रकम हिनामिना गरेको, छोटो अवधिको तालिम संञ्चालन वाफत कृर्ते हस्ताक्षर गरी रकम हिनामिना, आ.व. २०७२÷०७३ देखि यताको छात्रबृत्ति, पाठ्यपुस्तकको रकमको हिनामिना गरेको विद्यार्थीबाट बार्षिक ७ हजार ५ सयका दरले शुल्क लिएको फर्जि विद्यार्थी बनाई कक्षा ११ र १२ कक्षाको प्रमाण पत्र दिने गरेको उनीहरुले आरोप लगाएका छन् ।
विद्यालयमा पटकपटक ध्यानआकर्षण गराउँदा समेत नमानेपछि कालोमोसो दलेर कारबाही गर्नुपरेको अखिल ( क्रान्तिकारीले) का जिल्ला ईन्चार्ज विराज शाहीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले भने घटनास्थल तर्फ प्रहरी पठाएको जनाएको छ । ‘शिक्षकलाई कालोमोसो दले भन्ने हामीले पनि सामाजिक सञ्जालबाट थाहा पाएका हौँ’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले भन्नुभयो ‘अहिले प्रहरी चौकी दल्लीबाट प्रहरी टोली जाँदैछ घटनास्थल पुगेपछि वास्तविकता थाहा होला ।’