डेकद्वारा स्वास्थ्य सामग्री हयोग

सुर्खेत, ९ मंसिर (जागरण) ।
अपाङ्ग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
यूकेएडको आर्थिक र एचआइको प्राविधिक सहयोगमा अपाङ्ग सशक्तिकरण केन्द्रले बिहीबार सुर्खेतले वीरेन्द्रनगर नगरपालिका भित्रका तीन वटा स्वास्थ्य सस्थालाई ११ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको हो ।
केन्द्रले लाटिकोइली, उत्तरगंगा, र आधारभूत स्वास्थ्य वडा ८ लाई अटोकेलेप, इक्जामेसन बेट, रुम हिटर, डस्मिन लगायतका किट्निकल र सरसफाइ सामग्रीहरु गरीएको डेक सुर्खेत सरल परियोजनाका परियोजना संयोजक दुर्गा गाहाले जानकारी दिनुभयो ।
उहाँले वडा वडा अध्यक्ष, नगरपालिका सामजिक शाखा र स्वास्थ्य सामग्री वितरण गरिएको भन्दै अगामि दिनमा अन्य वडाहरुमा पनि वितरण गर्ने बताउनुभएको छ ।