काँग्रेस सुर्खेतको सभापतीमा पोख्रेल निर्विरोध, बाँकी पदमा चुनाव आज

सुर्खेत, १२ मंसिर (जागरण)।
नेपाली कांग्रेस सुर्खेतको सभातीमा खड्क पोख्रेल निर्विरोध चयन भएका छन् । को १४ औं महाधिवेशन अन्तर्गत शनिबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट पोख्रेल निर्विरोध चयन भएका हुन् ।
पदाधिकारी र सदस्यहरुका लागि भने आज निर्वाचन हुँदैछ । पोख्रेल संस्थापन समूहका हुन् । संस्थापन इतर समूहबाट सभापतीको उमेद्वार नै नहुँदा पोख्रेल निर्विरोध भएका हुन् । जिल्ला सभापतीको उमेद्वार हुनका लागि महाधिवेशन प्रतिनिधि चयन हुनुपर्दछ । संस्थापन इतर समूहबाट महाधिवेशन प्रतिनिधिमा सबै उमेद्वार पराजित भएका थिए ।
सभापती बाहेकका पदमा भने दुबै समूहका उमेद्वारहरु छन् । चयनका लागि आज मतदान हुँदैछ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनाबी मैदानमा छन् । संस्थापन इतरबाट उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्त छन् । मतदान बिहान ११ बनेपछि सुरू हुने निर्वाचन समितिले जनाएको छ ।