जाजरकोट बस दुर्घटना ः मृतक ५ जनाकै पहिचान, घाइतेको उपचार हुँदै


सुर्खेत, १२ मंसिर (जागरण) ।
जाजरकोटको कुदुमा आज विहान भएको बस दुर्घटनाका मृतक पाँचै जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्त जिल्लाका ४० बर्षीया गंगाराम यादव रहेका छन् ।
नेपालगञ्जबाट जाजरकोटको राडी जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो । दुर्घटनामा २८ जना घाइते छन् । घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको जाजरकोटका डिएसपी मधुकुमार थापाले जनाए ।
घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचारमा भइरहेको छ । घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार, नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव छन् ।
घाइतेहरु रेम्बो पुन र आस्या वलीको ठेगाना खुलेको छैन ।