काठमाडाैं, १३ मंसिर (जागरण) ।
देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कर्णालीसहित प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र पहाड तथा तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेकाे महाशाखाले जनाएकाे छ ।
आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।