नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी

सुर्खेत, १९ मंसिर (जागरण) । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनुभएको छ । शाही संस्थापन शेरबहादुर देउवा समुहबाट निर्वाचनमा लड्नुभएको थियो ।
कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गनुभयो भने मोतीराज बलमे ७ मत प्राप्त गर्नुभएको छ । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ ।
भुपेन्द्रजंग वरिष्ठ नेता रामचन्द पौडेल समुहबाट निर्वाचनमा लड्नुभएको थियो भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहबाट निर्वाचनमा होमिनुभएको थियो ।
सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना अहिले जारी छ ।