लैंगिक हिंसा सम्बन्धी चेतनामूलक कविता प्रतियोगिता


सुर्खेत, १९ मंसिर (जागरण) ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा वीरेन्द्रनगर १० मा रहेको कोपिला माध्यामिक विद्यालय प्रसेनीमा लैंगिक हिंसासम्बन्धी चेतनामूलक कविता प्रतियोगिता सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान र सुन्दर नेपालको आयोजना तथा विद्यालयको समन्वयमा आइतबार कविता प्रतियोगिता सम्पन्न भएको हो । ‘छोरीका लागि शिक्षामा लगानी र लैंगिक हिंसा अन्त्य’ विषक कविता प्रतियोगितामा २४ जना विधार्थीले भाग लिएका थिए ।


प्रतियोगितामा मनिसा विसी प्रथम, विपना सिंह दृतीय, किरण अधिकारी तृतीय र निहारीका वली तृतीय भएका छन् । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान सुर्खेत जिल्ला संयोजक एवं सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कंडलको प्रमुख आतिथ्यता र विद्यालयका प्राधानाध्यापक दुर्गा शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।