लैङ्गिक हिंसा अन्त्य सम्बन्धि बेलघारीमा अन्तरक्रिया


सुर्खेत, २० मंसिर ।
लैङ्गिक हिंसा अन्त्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगर १० बेलघारीमा सम्पन्न भएकाे छ ।
लैङ्गिक हिंसा बिरूद्धकाे १६ दिने अभियानका सन्दर्भमा साेमबार अन्तर्क्रिया गरिएकाे हाे । कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसा कम भएपनि अन्त्य हुन नसकेकाे बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेत र सुन्दरनेपाल संस्थाले संयुक्त रूपमा कार्यक्रमकाे आयाेजना गरेका थिए । अन्तर्क्रियामा समितिका संयाेजक तथा सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलले महिला हिंसा अन्त्यका लागि महिलाहरू पनि अग्रसर हुनुपर्ने बताउनु भयाे । महिला हिंसा अन्त्यका लागि भने समाजका सबै व्यक्ति जिमेवार हुने उहाँकाे भनाइ छ । कार्यक्रममा आवाज संस्थाकी निशा पाैडेलले सहजिकरण गर्नुभएकाे थियाे । घरैबाट शुरू गराैं महिला हिंसा अन्त्य गराैं भन्ने नाराकाे मर्मअनुरूप समुदाय स्तरमा अन्तरक्रिया गरिएकाे सुन्दर नेपाल संस्थाका टीकाराम आचार्यले बताउनु भयाे ।