सुर्खेत, २१ मंसिर (जागरण) । कर्णाली प्रदेशमा अझै ६ लाख बढी नागरिक कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको पाइएको छ ।
तथ्याङ्क अनुसार डोल्पाका १२ हजार एकसय १० जना, मुगुका २५ हजार ६ सय ६२ जना, हुम्लाका २९ हजार नौसय पाँच जना, जुम्लाका ४९ हजार पाँचसय ८० र कालीकोटका ६१ हजार सातसय ६ जना नागरिक खोप लगाउन बाँकी रहेका हुन् ।
त्यस्तै दैलेखमा एकलाख ३२ हजार सातसय ३३ जना, जाजरकोटका एक लाख सात हजार नागरिकले खोपको दुबै मात्रा लगाएका छन् ।
प्रदेशभर पाँच लाख ३८ हजार दुईसय ७० जनाले नागरिकले कोरोनाको पहिलो खोप मात्रै पाएका छन् ।
६ हजार आठसय ९७ जना, रुकुमपश्चिमका ६७ हजार आठसय ८८ जना, सल्यानका ९३ हजार एकसय १५ जना र सुर्खेतका ८५ हजार ६ सय ३३ जनाले पनि खोप लगाउन पाएका छैनन् ।
प्रदेशभर हालसम्म कुल ६ लाख ६५ हजार १८ जना नागरिकले खोपको कुनै पनि मात्रा पाएका छैनन्