सुर्खेत, २४ मंसिर (जागरण) । मुगुका अग्नी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतीको अवस्था हेरेर २५ हजारदेखी चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।
आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार राहत रकम प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिएको सरकारका प्रवक्ता एमव् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।
उहाँकाअनुसार घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइनेछ ।
पूर्ण घरक्षतीतर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षती भएकाले एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षती भएकाले दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षती भएकाले दुइ लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षती भएकाले तीन लाख पचास हजार र तीन करोडभन्दा माथि क्षती भएकाले चार लाख राहत रकम पाउने छन् ।
यस्तै, आंशिक घर क्षतीतर्फ एक लाख क्षती भएकाले २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षती भएकाले पचास हजार र ५० लाखभन्दा माथि क्षती भएकाले एकमुष्ट पचहत्तर हजार राहत रकम पाउने प्रवक्ता विष्टले बताउनुभयो ।
गएको कार्तिक २९ गते छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ को गमगढी बजारमा आगलागीहुँदा २१ घरमा क्षती पुगेको थियो ।
यस्तै, प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरवन्दी हेरफेर गरेर तीन महाशाखा र दश शाखासहित ४५ जनाको कर्मचारीको दरवन्दी स्वीकृत गरेको छ ।