कोदो खेतीमा किसानाको आकर्षण

सल्यान, २७ मंसिर (जागरण) । पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि सल्यानका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् ।
कोदोको परिकारप्रति शहरिया मानिस र पर्यटकको आकर्षण बढ्न थालेपछि किसान कोदो खेतीमा आकर्षित भएका हुन ।
पहाडी जिल्लाको रूपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ ।
विशेषगरी वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिका कोदो खेतीका लागि उपयुक्त मानिन्छ ।
विस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले यो खेतीतर्फ आकर्षित हुन थालेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय ७५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा १ हजार १ सय २० मेट्रिक टन उत्पादन भएको थियो ।
गत आर्थिक वर्ष २०७७÷०७८ मा ६ सय ७८ हेक्टरमा कोदो खेती गरिएको थियो । जसबाट १ हजार २ सय २७ मेट्रिक टन कोदो उत्पादन भएको बस्नेतले बताउनुभयो ।
बढी मात्रामा पोखरा, काठमाडौँ, दाङ, सुर्खेत लगायतका जिल्लामा कोदोको माग हुने गरेको बस्नेतले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष मात्र सल्यानबाट ४५ मेट्रिक टन सल्यानबाट कोदो निकासी भएको उहाको भनाइ छ ।