काँग्रेस मतगणना अपडेट: एघार सय मत गणना हुँदा देउवाको अग्रता

काठमाडौं, २८ मंसिर (जागरण) । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिनुभएको छ । तर उहालाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहनुभएको छ ।
राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ११०० मतको गणाना भएको छ, जसमा देउवाले ५२२ मत पाउनुभएको छ । भने डा. शेखर कोइरालाले ४१९ मत पाउनुभएको छ ।
प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्यण गुरूङले ४ मत पाउनुभएको छ ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।