माओवादी केन्द्र कर्णालीको अध्यक्षमा के.सी.

जागरण संवाददाता
सुर्खेत, मंसिर २९ ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटिको अध्यक्षमा विमला केसी सर्वसंवत् चुनिएकी छन् ।
प्रदेश कमिटिको बुधबार बसेको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । शनिबारदेखि चार दिनसम्म चलेको प्रथम प्रदेश सम्मेलनले मंगलबार २११ सदस्य चयन गरेको थियो । बुधबार सपथ ग्रहण लगत्तै ज्येष्ठ सदस्य बुद्धिप्रसाद शर्माको अध्यक्षतामा बैठक बसेको थियो । अर्काे बैठकले अन्य पदाधिकारी चयन गर्ने जनाइएको छ । केसी दश बर्षे माओवादी जनयुद्ध भूमिगत भएकी थिइन् । उनी अहिले रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद् छिन् । केसीले महेन्द्र शाही नेतृत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्री समेत बनेकी थिइन् ।