जागरण
सुर्खेत, २९ मंसिर ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालिकोटका प्रमुख महेशदत्त देवकोटालाई नेकपा माओवादीका कार्यकर्ताहरुले मोसो दलेका छन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी संबद्ध अनेरास्ववियू (क्रान्तिकारी) र युवा संघले देवकोटालाई मोसो दलेका हुन् । वुधबार दिउसो नेकपाका कार्यकर्ताले कार्यालयभित्रै मोसो दलेका थिए । प्रमुख देवकोटाले शिक्षक सुरुवा बढुवामा घुस खाएको, शिक्षक सरुवामा एकलौटी र मनपरी गरेको उनीहरुले आरोप लगाएका छन् ।
कर्मचारीका संघ संगठनहरुले दुव्र्यहार गर्नेलाई कार्वाहीको माग गरेका छन् । कर्मचारी संघ संगठनले संयुक्त विज्ञप्ति मार्फत दुव्र्यवहार गर्नेमाथि कारबाहीको माग गरेका हुन् । कर्मचारीले कम्जोरी गरेको भए कारबाही गर्ने कानुनी बाटो हुँदा हुँदै दुव्र्यबहार गर्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही नगरे सम्पूर्ण कर्मचारीहरु आन्दोलनमा उत्रिने चेतवानी पनि दिएका छन् ।