सुर्खेत पश्चिममा विद्युतको प्रशारण लाइनको विस्तारमा भएको अवरोध खुल्यो

सुर्खेत, ३ पुष (जागरण) । सुर्खेत वीरेन्द्रनगरबाट पश्चिम सुर्खेतका लागि विस्तार गरिएको विद्युतको प्रशारण लाइनको अवरोध सरकारले हटाएको छ ।
जंगल क्षेत्रमा राष्ट्रिय वनका कारण पोल विस्तारमा अवरोध भएपछि संघिय सरकारले वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
संघ सरकारको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माणका वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको छ ।
यो प्रशारण लाइनको वीरेन्द्रनगर नगरपालिका र बाराहताल एवं पञ्चपुरी गाँउपालिकास्थित चेतना सामुदायिक वनलगायतको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ ।
वर्षौदेखी अघि सारिएको यो आयोजनाको विभिन्न खण्डमा विद्युत पोल गाडिएपनि केही क्षेत्रमा वनका कारण अलपत्र छ ।
तर विद्युतको मुख्य शव स्टेशन वीरेन्द्रनगरस्थित बुदवुदीबाट बाँगेशीमलसम्म लाइनमा विस्तारमा समेत समस्या रहेको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालकाअनुसार वन क्षेत्रमा पनि विवाद थियो, तर वीरेन्द्रनगर उपत्यका क्षेत्रमा व्यक्तिगत जग्गा परेकाले स्थानीय विद्युत पोल विस्तार गर्न नदिएपछि समस्या भएको हो । हाल बड्डीचौरमा सिद्धपाइला–गोठीकाँडा–फिनिकाँडाबाट विद्युत पु¥याएको छ ।