प्रदेश सरकारः २०७५ साल रारा कर्णाली पर्यटन वर्ष

सुर्खेत, २६ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी २०७५ साललाई रारा कर्णाली पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।
त्यसको शुरुवात वैशाख १ नै गरिने गरी सरकारले निर्णय गरेको हो ।

२०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउने गरी बैशाख १ गते उद्घाटन हुने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने तय भएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

पर्यटन वर्षलाई सफल पार्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति गठन गर्ने निर्णय समेत मन्त्रीपरिषद् वैठकले गरेको छ ।
तयारीका लागि समितिहरु समेत गठन गरिएको छ । व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आवास तथा सुरक्षा समितिमा आन्तिरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, स्वास्थ्य तथा प्रचार समितिमा सामाजिक विकास मन्त्री दल रावल, यातायात समितिमा भौतिक पूर्वाधार मन्त्री खड्का खत्री, खाद्य तथा कोशेली व्यवस्थापन समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केशी र पर्यटन वर्ष व्यवस्थापन समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।
यस्तै मन्त्रीपषिद्ले केही सार्वजनिक लिखत प्रमाणिकर सम्वन्धी नियमावली पहिलो संशोधन गर्ने, प्रदेश सरकार सम्पादन नियमावली पहिलो संशोधन गर्ने, प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ पहिलो संशोधन गर्ने, मन्त्रीहरुको आचासंहिता २०७४ छलफलमा उठेका विषयलाई समावेश गर्नेगरी पारित गर्ने, प्रदेशमैत्री परिषद् कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
यस्तै समितिहरु पनि बनाइएका छन् जसमध्ये राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक तथा पूर्वाधार समिति
कर्णाली प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ प्रदेश सभामा पेश गरिने, रारा कर्णाली पर्यटन वर्ष २०७५ बैशाख १ गते उद्घाटन गर्नेगरी, मुख्यमन्त्रीको संयोजकमा १५ सदस्यीय मुल आयोजक समिति गठन, पर्यटन वर्षलाई सफल पार्न मन्त्रालयका मन्त्रीहरु सम्मिलित समितिहरु गठन, प्रदेशको विकास लागि काठमाडौंमा बृहत अन्तरक्रिया गर्नेलगायतका निर्णय भएका प्रवक्ता केसीले बताउनुभयो ।