सुर्खेत, ४ पुष (जागरण) । युवाहरुलाई स्वरोजगार बनाउन नीजि क्षेत्रबाट सक्दो सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन ।
समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको किशोर किशोरी तथा युवा शसक्तिकरण परियोजना अन्तरगत आज सुर्खेतको वीरेन्द्रनगर मा आयोजना गरिएको नीजि क्षेत्रका सरोकारवालाहरुसँगको समन्वयात्मक बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन ।
उनिहरुले आफ्नो क्षेत्रबाट संचालित युवा तथा बालबालिका लक्षित कार्यक्रम मार्फत परियोजनासँग समन्वय गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका सुरज देवकोटाले परियोजनासँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । डि मेघा सुर्खेतका सरिता रावलले पनि उद्यमशिलता सम्बन्धी कार्यक्रम मार्फत युवाहरुलाई उत्पादनमा जोड्नका लागि आफुहरु सबैसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित भएका अन्य सरोकारवालाहरुले पनि परियोजनाले बालबिवाह, युवा सशक्तिकरणमा गर्ने कार्यमा सँगै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रमको बारेमा जानकारी दिँदै परियोजना संयोजक तेज सोनामले सुर्खेतका दुइवटा पालिकामा यो कार्यक्रम लागु गरिएको भन्दै ति पालिकाकामा बालबिवाह, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा निरन्तरता बनाई लक्ष्य रहेको बताउनुभयो ।
उहाले बालबिवाह न्युनिकरणसँगै जीवन उपयोगी तालिम समेत युवाहरुलाई दिइने बताउनुभयो । सोनामले परियोजनाले काम गर्ने विद्यालयमा किशोरीमैत्री शौचालय निर्माणमा सहयोग पुर्याउने बताउँदै पढाइ छोडेर वेरोजगार बसेका युवाहरुलाई समेत स्वरोजगार बनाउन विभिन्न सीपसँगै आवश्यक सहयोग गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले सुर्खेतमा लागु पदार्थ दुव्र्यसनी समेत बढेको भन्दै परियोजनाका कार्यक्रम त्यतातर्फ पनि लागु हुनुपर्ने सुझाव दिएका छन । स्याक नेपाल सुर्खेतका संचालक समिति सदस्य नवराज खड्काले सुझावलाई ग्रहण गर्दै अगाडी बढिने बताउनुभयो ।
यो कार्यक्रम सुर्खेत वीरेन्द्रनगर र वराहाताल गाउँपालिकामा संचालन भएको छ । आजको कार्यक्रमको सहजिकरण परियोजनाका फिल्ड अफिसर हरी कोइरालाले गर्नुभएको थियो ।