विद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशको दाेस्राे अधिवेशन सम्पन्न

जागरण संवाददाता

सुर्खेत, ७ पुस ।

नेपाल विद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशको दाेस्राे अधिवेशनबाट भीम प्रकाश ओलीकाेअध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ ।

परिषद्काे बुधबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गणेश प्रसाद भट्टराई ,महिला उपाध्यक्ष कल्पना शाह,सचिवमा डिकेन्द्र कुमार नेपाली सचिव अर्थमा लाेकेन्द्र बहादुर शाही सहित २१ सदस्यीय कार्य समिती चयन गरेकाे हाे । अधिवेशनकाे उद्घाटन सत्रमा बाेल्दै परिषदका केन्द्रीय उपाध्यक्ष तथा शिक्षक महासंघका केन्द्रीय सदस्य राम प्रकाश कुमाईले विद्यालय कर्मचारीका माग सम्बाेधन गराउनका लागि कडाभन्दा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएकाे र जसको लागि सम्पूर्ण विद्यालय कर्मचारी साथीहरू तम तयार रहन निर्देशन दिनुभएकाे छ । नेपालमा अहिलेसम्म जतिपनि उपलब्धि भएका छन् सबै आन्दोलन बाट मात्रै सफल भएकाले विद्यालय कर्मचारीले पेसागत सेवासुविधाका लागि सशक्त आन्दाेलन गर्नुपर्ने बताउनुभयाे । सम्पुर्ण विद्यालय कर्मचारीहरु एकजुट शशक्त आन्दोलन गर्ने हाे भने अबकाे केही समयमै उपलब्धि प्राप्त गर्न सकिने उहाँकाे दाबि छ । सम्मेलनका विशिष्ट अतिथि नेपाल शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीले विद्यालय कर्मचारीकाे सेवासुविधाका लागि महासंघ लागि परेकाे बताउनुभयाे ।

कार्यक्रममा केन्द्रिय सदस्य दोर्ण जङ्ग बुढाथोकी,खड्ग बहादुर बि.क.एनएनटीए प्रदेश सद्स्य चन्द्रा आचार्य ,बालबिकास केन्द्रका केन्द्रीय सदस्य बिमला कुमारी सिंह को उपस्थिति रहेको थियो ।