अधिवेशनकाे तयारीमा जुट्याे एमाले सुर्खेत

जागरण संवाददाता

सुर्खेत, ९ पुस ।

नेकपा एमाले सुर्खेत जिल्ला अधिवेशनकाे तयारीमा जुटेकाे छ । शुक्रबार वीरेन्द्रनगरमा बैठकबसी जिल्ला कमिटि सुर्खेतले अधिवेशनका लागि तयारी थालेकाे हाे । बैठकले अध्यक्ष ध्रुबकुमार शाहीले प्रस्तुत गर्नुभएको नेकपा एमाले आठौँ जिल्ला अधिवेशन आयाेजनाकाे तयारी सम्बन्धी प्रस्ताव पारित गरेकाे छ। अधिवेशनका लागि पुस १७ गते जिल्लाका ९९ वटै वडाबाट प्रतिनिधी छनाेट गर्ने बैठकले निर्णय गरेकाे छ । प्रतिनिधि छनाैट गर्दा अन्य ३० जना संगठित सदस्य बराबर १ प्रतिनिधि दलित २० जना संगठित सदस्य बराबर १ जना छनाैट गर्ने र ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गर्ने निर्णय भएकाे जिल्ला कमिटि सदस्य कुलमणि देवकाेटाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अधिबेशन तयारीका लागि विभिन्न जिम्मेवारी पनि बाँडफाँड गरिएकाे छ ।  प्रतिबेदन लेखनमा अध्यक्षा ध्रुबकुमार शाही, उपाध्यक्ष अमृत विसीलाई आर्थिक प्रतिवेदन, प्रतिनिधि ब्यबस्थापनका लागि धनश्याम पाण्डे , प्रचारप्रसारमा गंगाराम तिमील्सेना, स्वयंमसेवक व्यवस्थापनमा चतुर्भुज शाही ,भाेजन ब्यबस्थापन पूर्ण प्रशाद पाैडेल, मञ्च ब्यबस्थापन हरिहर नाथ याेगी, अतिथि सत्कार सुशिला बि क संयाेजक रहेको व्यवस्थापन उपसमीति गठन समेत बैठकले गरेकाे छ ।  एमालेले देशैभर पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन ताेकेकाे छ ।

बैठकमा स्थायी कमिटी सदस्य कर्णाली प्रदेश ईन्चार्ज यामलाल कंडेल केन्द्रीय सदस्य सुर्खेत जिल्ला ईन्चार्ज नबराज रावत सहईन्चार्ज माेहनमाया ढकाल लगायतकाे पनि उपस्थित रहेकाे थियाे ।