मध्यपश्चिमाञ्चल विश्वद्वारा १५ विद्याका अवार्ड घोषणा

जागरण संवाददाता
सुर्खेत, ११ पुस ।
मध्यपश्चिम विश्व विद्यालयले विभिन्न १५ विद्यामा अवार्ड दिने घोषणा गरेको छ ।
विश्व विद्यालयमा कार्यरत कर्मचारी तथा विधार्थीहरुगरी बार्षिक ४० जनालाई विभिन्न अवार्ड प्रदान गर्ने भएको हो । विश्व विद्यालयका उपकुलपती प्राध्यापक डा.नन्दबहादुर सिंहले सोमबार पत्रकार सम्मेलन गरी ‘अवार्ड’ दिने घोषणा गर्नुभयो । उपकुलपति सिंहले कार्यरत प्राध्यापक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीलाई हौसलाका लागि अवार्ड दिन लागिएको बताउनुभयो । अवार्डले ‘अध्ययन, अध्यापन, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुगोस् भन्ने उद्देश्यले अवार्ड दिन लागेका हौँ’ उपकुलपति सिंहले भन्नुभयो,‘त्यसभित्र कार्यालय सहयोगीदेखि प्राध्यापकसम्म पर्नेछन् ।’ अवार्डको सबैभन्दा ठूलो राशी एमयु कुलपति अवार्ड ५५ हजार रहेको छ । जुन स्नातकोत्तरमा विश्व विद्यालयका सबै विद्यार्थी भन्दा उत्कृष्ट अंक ल्याइ उत्तिर्ण गर्ने विद्यार्थीले पाउनेछन् । यस्तै विश्व विद्यालय टपर विधार्थीले रु ५० हजारको उपकुलपति अवार्ड पाउनेछन् ।
विश्व विद्यालय अन्तर्गतका संकाय र क्यापसहरुले पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कार पाउनेछन् । संकाय तर्फ प्रमथ हुनेले ३ लाख ५० हजार, द्वतीय हुनेले ३ लाख र तृतीय हुनेले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । क्यापस तर्फ भने प्रथम हुनेले ३ लाख द्वतीय हुनेले २ लाख ५० हजार र तृतीय हुनेले २ लाख पुरस्कार पाउने जनाइएको छ ।