एमसीसी रोक्न जनदबाव सिर्जना गर्छौँ –प्रकाण्ड


जागरण संवाददाता
सुर्खेत, १३ पुस ।

नेत्र विक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) राष्ट्रघाती भएको जिकिर गर्नुभएको छ ।
जनपत्रकार संगठनले आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी संसदबाट पारित हुन नदिनका लािग जनदबाव सिर्जना गर्न आह्वान पनि गर्नुभएको छ । सम्झौता कुनै पनि हालतमा पारित गर्न नदिन व्यापक जनदबाव आवश्यक रहेको उहाँले बताउनुभयो । एमसीसी पारित भए नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो राष्ट्रघात हुने उहाँको भनाइ छ ।
देशको नेतृत्व गरिरहेका नेता र पार्टिहरु जनताप्रति उत्तरदायी नहुँदा जनताका समस्या विकराल बनेको उहाँले अरोप लगाउनुभयो । जनताको उन्नतीका लागि संसदीय व्यवस्था बदल्न जरुरी रहेको र त्यसका जनमत संग्रहमा जानुपर्ने उहाँको भनाइ छ ।