गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

जागरण संवाददाता
सुर्खेत, १५ पुस ।
गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिला आउने विश्वासका साथ यो पर्व मनाउने गरिएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
यस अवसरमा सरकारले आज बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।
आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।