साटाफाँट खानेपानी आयोजनाको साधारणसभा सम्पन्न

जागरण संवाददाता
सुर्खेत, १५ पुस ।
साटाफाँट खानेपानी तथा सरसफाइ योजना लेकवेशी १० मा सार्बजनिक लेखा परिक्षण तथा प्रथम बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । योजनाका अध्यक्ष भक्तु प्रसदा ढकालको अध्यक्षतामा भएको साधारणसभाले खानेपानीको मर्मत संभार निर्देशिका पारित गरेको छ ।
कार्यक्रममा नगरप्रमुख गगनसिं सुनारले हेल्भटाँस संगको सहकार्यमा लेकवेशीका केही ठाउँमा खानेपानीको राम्रो व्यस्था गरिएको भन्दै आगामी दिनमा पनि साझेदार गर्न आग्रह गर्नुभयो । उपप्रमुख शान्ति कुमारी छन्तेलले उपभोक्ताहरुले सार्बजनिक लेखा परिक्षण गर्नु सुशासनका हिसाबले उदारणिय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष कमल प्रसाद आचार्य, हेल्भटाँसका एकीकृत जलस्रोत कार्यक्रमका व्यवस्थापक निलकण्ठ पाण्डे, स्याक नेपालका महासचिव गंगा गुरुङ, नेत्रविक्रम थापा लगायतको उपस्थिति रहेको स्याकका फिल्ड सहजकर्ता रमेश कुमार योगीले जानकारी दिनुभयो ।