
जागरण संवाददाता
सुर्खेत १६ पुस ।
रास्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल सुर्खेतको तेस्रो जिल्ला अधिबेशनबाट हस्तराज गिरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ ।
बिहीबार वीरेन्द्रनगरमा आयाेजित जिल्ला अधिवेशनबाट ३२ सदस्यीय कार्यसमिति चयन गरिएकाे हाे । उपाध्यक्षमा कर्ण आचार्य,नरेस्वरी शाही,सचिबमा याम प्रसाद अधिकारी,कोषाध्यक्ष अर्चना न्याैपाने र सहसचिवमा गगन सिंह पान्डे निर्बाचित हुनुभएकाे छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज याम लाल कंडेलको प्रमुख आथित्यतामा तथा निवर्तमान अध्यक्ष अमर रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्ब स्वास्थ्यराज्य मन्त्री नवराज रावत र एमाले सुर्खेतका अध्यक्ष तथा ध्रुब कुमार शाहीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष राम ब चन्द, उपाध्यक्ष भिमराज सिंह,केन्द्रीय सदस्य तुल्सी अधिकारी,नेनिकसङठनका अध्यक्ष लाल ब खत्री लगायत पेशागत क्षेत्रका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेकाे थियो । अधिबेशनमा जिल्लाभित्रका दुई सय भन्दा बढी स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।