कर्णालीमा सहकारी बैंकको प्रदेश साधारणसभा सम्पन्न


भावना राना
सुर्खेत, १८ पुस ।
राष्ट्रिय सहकारी बैंकको कर्णाली प्रदेश स्तरीय एकाई साधारणसभा सुर्खेतमा सम्पन्न भएको छ ।
सात वटै प्रदेशमा एकाई साधारणसभा गर्ने सञ्चालक समितिको निर्णय अनुसार एकाई ६ कर्णाली प्रदेशको साधारणसभा आज (आइतबार) प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको हो । साधारण सभामा कर्णाली प्रदेशभका छ सय सहकारीका प्रतिनिधि सहभागी भएका छन् । गत कात्र्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले सातवटै प्रदेशमा एकाइ साधारणसभा सम्पन्न गरेर पुस ३० गते १८ औँ केन्द्रीय सभा सम्पन्न गर्ने निर्णय गरेको थियो । यसअघिका वर्षहरुमा केन्द्रिय सभा मात्रै गर्ने गरिएपनि यसपटकदेखि सबै प्रदेशमा सभा गरि केन्द्रीय प्रतिनिधि छनौट गर्न लागेको हो ।
बैंकले हाल कर्णाली सुर्खेत र दैलेखगरी दुई वटा जिल्लामा आफ्नो शाखा स्थापना गरेको राष्ट्रिय सहकारी बैकका अधिकृत बद्रि कुमार गुरागााईले जानकारी दिनुभयो । साधारणसभामा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा सहकारी सम्बन्धि कानुन निर्माण गरेको बताउनुभयो । सहकारीले पुजीँ निर्माणमा मात्रै नभएई सिर्जनशीलतामा जोड दिनुपर्ने सभामुख शाहीको सुझाव छ । उहाँले सहकारीहरुले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन तथा महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।