सुर्खेत, ५ असार । (जागरण) सुर्खेतको पश्चिम चौकुने गाउँपालिका ९ मा रहेको बिरगौडा आधारभुत विद्यालयका विद्यार्थीहरु खुल्ला आकाशमुनि पढ्न बाध्य छन् । गएको बैशाख ३१ गते आएको हावाहुरीले विद्यालयको ७ कोठे भवन भत्काउनुका साथै छाना उडाएपछि भवन अभावका कारण खुल्ला चौरमा बस्न बाध्य भएका हुन । कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा करिब चारसय विद्यार्थी अध्ययन गर्छन् । सात कोठे भवनको भित्ता भत्काउनुका साथै टिनका छाना उडाएपछि अहिले विद्यालयमा चार वटा कोठा मात्र छन् । जीर्ण कोठा भएका कारण पनि पानी पर्दा पढाउन समस्या भएको छ ।
सबै विद्यार्थीहरु चार वटा कोठामा पढाउन नसकिने हुँदा कक्षा ४, ५ र ८ का विद्यार्थीहरुलाई बाहिर चौरमा राखेर रुखको छाहारीमा बसेर पढाउन बाध्य भएकोे विद्यालयका प्रध्याध्यापक गशेण न्यौपानेले जानकारी दिनुभयोे । कक्षा एक र दूईका विद्यार्थीहरु एउटै कोठामा राखेर विद्यालयले पढाइरहेको छ । विद्यालयले दिउँसमा धेरै गर्मी हुन थालेपछि बिहान पढाउन सुरु गरेको छ । विद्यालयमा खानेपानी र शौचालयको पनि समस्या भएको उहाँले बताउनुभयो ।
विद्यालयको ७ कोठा मध्य ५ वटा कोठा पूर्ण रुपमा क्षति भएको छ । हावाहुरीका कारण विद्यालयको करिब ८ लाख बराबरको क्षति भएको छ । हावाहुरीले भवनको भित्ता भत्काएकाले पनि भवन बनाउन धेरै बजेट लाग्ने देखिएको प्रध्यानाध्यापक न्यौपानेले जानकारी दिनुभयो । उहाँले भवनको पूर्ननिर्माणका लागि करिब ६ लाख ६५ हजार खर्च लाग्ने बताउनुभयो । ‘विद्यालयको आफ्नै स्रोत केही छैन् । बाँकी रहेका चार वटा कोठामा पनि पानी परेपछि चुहिएर पढाउन मिल्दैन्’ उहाँले भन्नुभयो, ‘गर्मी भएकाले बेलामा विद्यार्थीहरुलाई पानीको व्यवस्था गर्न पनि समस्या छ । भवन जीर्ण छन् पानी प¥यो भने विद्यालयनै बन्द गर्नुपर्ने अवस्था आउँछ । अहिलेसम्म कुनै नियकाले बजेट अभाव देखाउँदै ध्यान दिएको छैनन् ।’
बराहताल गाउँपालिकाका ९ का वडा अध्यक्ष नवराज जैसीले आफुले गाउँपालिकामा सिरफारिस गरेपनि बजेट अभावका कारण विद्यालयको भवन मर्मत हुन नसकेको बताउनुभयो । गाउँपालिकामा बजेट नभएका कारण मर्मत हुन नसकेको उहाँको भनाई छ । विद्यालयको भवनका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई समेत जानकारी गराउँदा ध्यान नदिएको उहाँले बताउनुभयो । ‘हामीले गाउँपालिका, यस क्षत्रबाट निर्वाचित भएका सांसदहरु, उपसभामुख सबैलाई सहयोगका लागि भनेका छाँै’ उहाँल भन्नुभयो, ‘एक महिनादेखि विद्यार्थीहरु यसरी दुःखकष्ट सहेर पढिरहेका छन् तर कसैको यस विद्यालयको ध्यान गएको छैन् ।