जागरण संवाददाता
सुर्खेत, २० पुस ।
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदका लागि छ जनाले उमेद्वारी दर्ता गराएका छन् । तीन पदका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका तीन र एमालेका तीन जनाले मंगलबार प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा उमेद्वारी दर्ता गराएका हुन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रिय सभा पदका लागि उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट महिला, अपांगता र खुला गरी तीन जनाको कोटा रिक्त हुँदैछ । कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख÷उप–प्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्नेछन् । कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको छ । राष्ट्रिय सभाका रिक्त पदका लागि आउदो माघ १२ गते निर्वाचन हुँदैछ ।