जागरण संवाददाता
सुर्खेत, पुस २१ ।
दैलेखको वेस्तडा बजारदेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भगवतीमाई गाउँपालिकाको केन्द्र वेस्तडाबाट दैलेख बजार आउँदै गरेको जीप आज विहान ९ बजेतिर लोहोर खोला नजिकै दुर्घटना हुँदा जीप चालक कृष्ण रोकायको मृत्यु भएको हो । लु २ ज ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ लोहोरे नजिकै दुर्घटना हुँदा भगवतीमाई गाँउपालिका–१ बस्ने २९ वर्षीया कृष्ण रोकायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयाे । उहाँका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार घाइते मध्य तीन जनाको अवस्था गम्भिर छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको घाइतेहरुले बताएको र बाँकी अनुसन्धान जारी रहेको घटनास्थलबाट प्रहरी निरीक्षक सुनारले बताउनुभयाे ।