कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

जागरण संवाददाता
सुर्खेत,२४ पुस ।
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २८ गते आह्वान गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । दिउसो ३ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा बैठक आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशन आह्वानका लागि प्रदेश सरकारले पुस २१ गते निर्णयगरी प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रायोजनका लागि मंसिर १४ गते अधिवेशन आह्वान गरिएको थियो । मुख्यमन्त्री शाहीले प्रदेशसभा बैठकबाट विश्वासको मत लिएपछि १५ गते रातीदेखि प्रदेश प्रमुख परियारले अधिवेशन अन्त्य गर्नुभएको थियो ।