जागरण संवाददाता । सुर्खेत, २४ पुस।
नेकपा एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । शुक्रबारदेखि सुरू भएकाे छैटौं जिल्ला अधिवेशन अन्तर्गत बुढा सर्वसंवत अध्यक्ष चुनिएका हुन ।
बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य,जिल्ला कमिटी सचिवालय सदस्य थिए । साथै उनी एमालेकाे तर्फबाट जिल्ला समन्वय समिति डाेल्पाकाे प्रमुख समेत छन् ।
यस्तै उपाध्यक्षमा बिश्वचन्द्र डसाल , सचिवमा लंक बहादुर राेकाया,उपसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा(सुमन) निर्विरोध निर्वाचित भएका छन । अन्य पदमा भने छलफल भैरहेकाे छ एमाले डाेल्पाले जनाएकाे छ ।