जागरण संवाददाता । सुर्खेत, २४ पुस । नेकपा एमाले सुर्खेतकाे आठाैं जिल्ला अधिवेशन अन्तर्गत बन्दसत्र भाेली (आइतबार) विहान आठ बजेसम्मका लागि स्थगित गरिएकाे छ । अध्यक्ष मण्डलले सहमतीमा नेतृत्व चयन गर्नका लागि प्रयास गरेपनि सहमति नजुट्दा भाेली सम्मका लागि स्थगित गरेकाे हाे । शुक्रबारदेखि सुरू भएकाे जिल्ला अधिवेशनमा नेतृत्वले सुरूदेखि नै सहमति जुटाउने प्रयत्न गरिरहेकाे छ । शनिबार अवेरसम्म चलेकाे बन्दसत्रमा अध्यक्ष मण्डलले नेतृत्व छान्ने अधिकार दिन प्रतिनिधि माझ आग्रह गरेपनि हलले म्याण्ड्ट नदिएपछि सहमति जुटाउन विहानसम्म स्थगित गरिएकाे अधिवेशनमा सहभागी एक प्रतिनिधिले जागरणलाई जानकारी दिए । विहानसम्म सहमति नजुटेकाे खण्डमा भने निर्वाचनमा जाने बुझिएकाे छ । अध्यक्षका आकांक्षीहरूले आफ्नाे दावि नछाेडेपछि सहमतिमा चयन गर्न नेतृत्वलाई सकस परेकाे छ । अध्यक्षमा कुलमणि देवकाेटा, अमृत विसी र डण्डी प्रसाद शर्माकाे दाबि कायमै छ । सहमतिमा छाेड्न तयार भएपनि निर्वाचन भएकाे खण्डमा वर्तमान अध्यक्ष ध्रुव कुमार शाहीले पनि दाेहाेर्याउने ईच्छा देखाएका छन् । तर शाहीले सहमतिकाे बाधक नबन्ने बताउदै आएका छन् । सहमति वा निर्वाचनबाट नेतृत्व चयन हुन्छ भन्ने कुराका टुँगाे भाेली विहान लाग्ने बताइएकाे छ ।
एमाले सुर्खेतकाे बन्दसत्र भाेली ८ बजेसम्मका लागि स्थगित, सहमती जुटाउने प्रयासमा नेतृत्व