एमाले सुर्खेतको नेतृत्व चुन्न निर्वाचन हुँदै

जागरण संवाददाता
सुर्खेत, २५ पुस ।
नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो । नेतृत्व चयनका लागि अध्यक्ष मण्डलले निर्वाचन समितिलाई जिम्मा दिने निर्णय गरेको छ । केहीसमयमै निर्वाचन प्रक्रिया सुरु हुने अध्यक्ष मण्डलका एक जना सदस्य एमाले कर्णाली प्रदेशका सचिव कमल शाहीले जानकारी दिए । ‘हामीले सहमतीमा नेतृत्व चयन गर्न हरदम प्रयास ग¥याँै तर हाम्रो प्रयास सफल हुन नसकेकाले निर्वाचन समितिलाई जिम्मा दिने निर्णय गरेका छौँ’ अध्यक्ष मण्डलका सदस्य शाहीले भने,‘अब हलमा जानकारी गराएर केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ अध्यक्षका लागि अमृत विसी र डण्डि प्रसाद शर्माबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएको छ । विसी वर्तमान उपाध्यक्ष र शर्मा सचिवालय सदस्य हुन् । सुरुमा पाँच जना आकांक्षी देखिएपनि निर्वाचन प्रक्रियामा जाँदा दुई जना उम्मेदवार हुने संकेत देखिएको छ । अध्यक्ष सचिव लगायत पदाधिकारीमा निर्वाचन हुनेदेखिएपनि सदस्यमा भने सहमतीमै हुने संभावना रहेको एक नेताले बताए ।