एमाले सर्खेतमा विसीकाे प्यानल विजयी

जागरण संवाददाता

 सुर्खेत, २८ पुस।

नेकपा एमाले सुर्खेतकाे अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशन अन्तर्गत भएकाे निर्वाचाबाट पदाधिकारीमा विसीकाे प्यानल विजयी भएकाेे हाे । विसीले ३६८ मत ल्याएर विजयी भएका हुन् । अर्का उमेद्वार डण्डिप्रसाद शर्माले २६७ मत ल्याएर पराजित भएका छन् । यस्तै उपाध्यक्षमा पनि कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वि ऋषि गिरीले २२६ मत ल्याएका छन् । यस्तै सचिवमा कविन्द्रकुमार केसीले ३९० मत ल्याएर विजयी भएका छन् भने अर्का उमेदवार रेशम राना २३३ मत प्राप्त गरे । दुइ पद रहेकाे उप-सचिवमा घनश्याम पाण्डेले ३९१ र बलबहादुर नेपालीले ३६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वि टिकाराम सुवेदी २०९ र नेत्रलाल महताराले २०८ मत ल्याएर पराजित भएका छन् । नेतृत्व चयनका लागि मंगलबार मतदान भएकाे थियाे । मंगलबार रातिबाट मतगणना सुरू गरिएकाेमा पदाधिकारीकाे मतगणना सकिएपनि सदस्यकाे मत गणना भैरहेकाे छ ।